समाचार सबै

कान्तिपुर मल उपहार योजनामा सन्तोष मोक्तानले पाए यामाहाको मोटरसाइकल

काठमाडौँ, ११ मंसीर । मुलुकको सङ्घीय राजधानी काठमाडौँको गोँगबु नयाँबसपार्कमा सञ्चालित कान्तिपुर मलले दशैँ, तिहार तथा छठ पर्वको अवसरमा सञ्चालन गरेको उपहारमा रसुवाका सन्तोष मोक्तानले मोटरसाइकल जितेका छन् । 

होमल्याण्ड इन्भेष्टमेन्ट कम्पनी प्रालिद्धारा विगत १८ वर्षदेखि गोँगबुस्थित नयाँ बसपार्कमा सञ्चालित कान्तिपुर मलले हरेक वर्ष झैँ यसवर्ष सञ्चालन गरेको उपहार योजनामा सन्तोषले मोटरसाइकल उपहार जितेका हुन् । 

उक्त मलले सोमबार उपहारको नतिजा प्रकाशन गरेको हो । उपहार प्रकाशन गर्दा १९७६३ नम्बर कुपन भएका सन्तोषले प्रथम पुरस्कार हात पारेका हुन् । उक्त