यसरी हुँदैछ जनगणना
News Desk
Sep-08 , 2021 तारिख 12:13 बेलुका

काठमाडौं, २३ भदौ - राष्ट्रिय जनगणना २०७८ कात्तिक २५ देखि सुरु भई मंसिर ९ सम्म चल्ने भएको छ । यसअघिको कार्यतालिका कोरोना भाइरसको संक्रमण फैलिएपछि स्थगन भएकोमा फेरि सरकारले निर्णय गरी नयाँ कार्यतालिका सार्वजनिक गरेको हो ।१२औं शृंखलाको जनगणनामा ३९ हजार गणक तथा ८ हजार सुपरीवेक्षक परिचालन हुनेछन् । देशको ३ करोड जनसंख्याको गणना १५ दिनभित्र सक्ने लक्ष्य राखिएको छ ।

जनगणनामा गणकहरु घरदैलोमा पुगेर गर्दाको पारिश्रमिक र तलब सुविधा मात्र एक अर्ब ८० करोड रुपैयाँ खर्च लाग्ने अनुमान तथ्यांक विभागले गरेको छ ।जनगणनाका लागि सात प्रदेशका ७५३ स्थानीय तहसम्ये २४९ स्थानीय तहमा जनगणना कार्यालय स्थापना गरिसकेको छ ।जनगणनाका लागि घर परिवार संख्या, उमेर, लिङ्ग, भाषा, धर्म, जात जातिलगायतका विषय समेत उल्लेख गरी भरिनेछ ।