दुई छोरीको मृत्यु भएको दुई वर्षपछि त्यही दिन जुम्ल्याहा सन्तानको जन्म
News Desk
Oct-04 , 2021 तारिख 01:34 बेलुका

काठमाडौं, असोज १८ - भारतको विशाखापट्टनमस्थित भाग्यलक्ष्मीको घरमा नातेदार, छिमेकी र पत्रकारहरूको भिड लागेको छ। जुम्ल्याहा बच्चा जन्माएपछि उनी चर्चित बनेकी हुन्।‘मेरा बच्चाहरूले पुनर्जन्म लिएको मलाई विश्वास छ। होइन भने कसरी मेरो दुई छोरीको मृत्यु भएकै दिन मेरो जुम्ल्याहा बच्चा जन्मिन्छ’ भाग्यलक्ष्मीले बताईन् ।

उनले सेप्टेम्बर १५ मा जुम्ल्याहा जन्माएकी हुन्। दुई वर्षअघि यही दिन उनले दुई छोरीहरू ९तीन वर्षीया र डेढ वर्षीया० लाई डुङ्गा दुर्घटनामा गुमाएकी थिइन्। सो दुर्घटनामा उनका अन्य नातेदारको पनि मृत्यु भएको थियो।अनौठो कुरो त यी जुम्ल्याहा बेलुकी ८ बजेतिर जन्मिएका हुन्। दुई वर्षअघि त्यही समयमा मैले मेरी छोरीहरूले संसार छोडेको खबर पाएकी थिएँ।’जुम्ल्याहाको जन्मले दुई छोरी गुमाउनुको पीडा बिर्साउने परिवारले आशा गरेको छ।