हेर्नुहोस‘बाहुबली’ प्रभासको, लाइफ स्टाइल
News Desk
Oct-24 , 2021 तारिख 01:47 बेलुका

लजालु स्वभावका साउथ अभिनेता प्रभासको जीवनशैली शानदार छ । ४२ वर्षीय प्रभासले दक्षिणी भारतीय फिल्म क्षेत्रलाई अगाडि बढाउन गरेको योगदान सह्रानिय छ । उनले ५ वर्ष लगाएर खेलेको फिल्म ‘बाहुबली’ ले प्रभासलाई मात्रै होइन दक्षिणी भारतीय फिल्मलाई पनि निकै अगाडि ल्यायो । यो फिल्मपछि प्रभासको कुल सम्पत्ति पनि बढेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । 

एक रिपोर्टका अनुसार बाहुबलीका लागि प्रभासले २५ करोड (भारतीय रुपिँया) लिएका थिए । दक्षिणी भारतका दर्शकले उनलाई ‘डार्लिङ’ भनेर बोलाउने गर्छन् । किनकी उनले २०१० मा रोमान्टिक कमेडी फिल्म ‘डार्लिङ’ मा काम गरेका थिए । उनले सन् २०१२ मा ‘रेबेल’ मा काम गरे । त्यसपछि उनी रेबेल स्टारले चिनिए । भारतीय सञ्चार माध्यमका अनुसार प्रभासले एउटा फिल्म खेलेको ८० देखि १२० करोड (भारतीय रुपिँया) पारिश्रमिक लिन्छन् । 

उनले हैदराबाद नजिकै जुबली हिल्समा उनको निकै ठूलो आलिशान बंगला छ । जसको मूल्य ६० करोड (भारतीय रुपिँया) बराबर छ । उक्त घरलाई फार्महाउसको सुविधालाई मध्यनजर गरेर बनाइएको छ । जसमा निजी जिम, पुल देखि ठूलो बगैँचा पनि छ । उनी ८ करोड (भारतीय रुपिँया) को रोल्स रोयस फ्यान्टम कारको मालिक पनि हुन् । यसका साथै, उनीसँग रिटजी बीएमडब्ल्यु एक्स३ र ज्यागआर एक्सजेआर जस्ता आलिशान कार पनि छ । प्रभासको घरमा १.५ करोड मूल्यको सुसज्जित कसरत गर्ने जिमखाना छ । 

 

धेरै पढिएको