२६ मंसिर, काठमाडौं - दुबईबाट काठमाडौं आएका दुई जना भारतीय यात्रु सुनजस्तै देखिने पहेँलो पदार्थसहित पक्राउ परेका छन् ।नेपाल एयरलाइन्सको उडान नम्बर आरए २३० बाट काठमाडौं आएका ३१ वर्षीय सथम हुसेन र ३६ वर्षीय कादर इब्राहिम पक्राउ परेका हुन् ।हुसेनको गतिविधिमा शंका लागेपछि उनलाई आगमन पार्किङ एरियाबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।
उनलाई परीक्षणको लागि काठमाडौं मेडिकल कलेज सिनामंगल पुर्याइएको थियो । सो क्रममा हुसेनले मलद्वारमा लुकाएर भन्सार छल्न खोजेको अवस्थामा सुनजस्तो देखिने पाँच थान अर्ध ठोस पदार्थ बरामद भएको प्रहरीले जनाएको छ ।उनको बयानको आधारमा भारतीय आधार कार्डसमेत बोकेका कादर इब्राहिमलाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।