मंगलबार महिला आयोगको हल भद्रकालीमा आयोजीत मन्जुश्री असहाय संरक्षण केन्द्र काठमाडौंको पहिलो वार्षिक उत्सव तथा नयाँ वर्षको शुभकामना आदान प्रदान र नयाँ सदस्यहरुलाई स्वागत कार्यक्रम सम्पन्न भएको हो ।
नेपाल सरकार का पुर्व सचिव डा.मान बहादुर विश्वकर्माले केन्द्रले हालसम्म गरेका कामहरुको प्रशंसा गर्दै आगामी दिनमा पनी यस्तै कार्यहरु गर्नका लागि शुभकामना व्यक्त गरे । काठमाडौं शाखाकी अध्यक्ष मिना बस्नेतको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा समुन्नत महिला मन्चकी केन्द्रिय अध्यक्ष सोमा खत्रि, सम्पुर्ण कार्यसमिति पदाधिकारी, काठमाडौं जिल्ला शाखाका सल्लाहकार सदस्य लगायतको उपस्थिति रहेको थियो ।
मन्जुश्रीको गन्तव्य महिला बालबालिका जेष्ठ नागरिक माथि हुने हिंसा र शोषणको अन्त्य रहेको बताउँदै मिना बस्नेतले समाजमा हुने सबैप्रकारको हिंसाको अन्त्य हुनुपर्ने धारणा व्यक्त गरिन् ।यसैगरी, उक्त कार्यक्रमबाट वरिष्ठ समाजसेवी राजु कार्कीलाई मन्जुश्री असहाय संरक्षण केन्द्र काठमाडौंको सल्लाहकारमा नियुक्त गरिएको बस्नेतले जानकारी दिईन ।
- मातृ संदेश बाट