नेपाल सांस्कृतिक संरक्षन समाजको तीज बिशेष कार्यक्रम - २०७९ ललितपुरको सानेपामा सम्पन्न
News Desk
Aug-29 , 2022 तारिख 07:18 बिहान

ललितपुर - नेपाल सांस्कृतिक संरक्षन समाज र ओम साई मार्ग महिला समूहको संयुक्त्त आयोजना  " संस्कृतिक पर्व हरितालिका तीज बिशेष कार्यक्रम - २०७९ ललितपुरको सानेपामा सम्पन्न भयको छ।

आउदै गरेको तीजको लाई मर्यादित सभ्य तथा  भब्य बनाउ भन्ने संदेश दिन एस्तो कार्यक्रमको आयोजना गरियको नेपाल सांस्कृतिक संरक्षन समाजकि  अध्यक्ष लक्ष्मी ओझा भद्राले बताउनुभयो भने प्रमुख अतिथि ललितपुर महानगरपालिका नगर उप - प्रमुख मन्जली शाक्य बज्राचार्य ज्युले तीजमा तडक भडक  नगरी मनाउन र आफ्नो कला संस्कृतिलाई जोड दिन आग्रह गर्नुभयो  तेसैगरी  कार्यकर्ममा ललितपुर महानगरपालिका वडा नम्बर २ का अध्यक्ष राजेश कुमार महर्जन, स्टार अस्पातल अध्यक्ष किशोर महर्जन,स्थानिय नागरिक सरोकार मन्च नेपालका अध्यक्ष  रुद्र कुमार जोशी तथा उक्त संस्थाका पदाधिकारी ज्युहरु लगायत  महिला दिदीबहिनीको बीच सम्पन्न कार्यक्रममा नाचगान तथा मिठो दर खाइ कार्यक्रम मनाईयो।