काठमाण्डौ – सिनेमाटोग्राफर राजन खरेल स्पाईनी मुभिजको आयोजना तथा एरा प्रोडक्सनको व्यवस्थापनमा जेष्ठ २४ गते राजधानी स्थित राष्ट्रिय नाचघरमा सम्पन्न “तेश्रो स्पाईनी ब्याबलर ईन्टरनेशनल फिल्म फेष्टिवल २०२३” मा “खहरे पाँगु” बृत्तचित्र बाट “बेस्ट सिनेमाटोग्राफर”(छायांकार) को अवार्ड प्राप्त गर्न सफल भएका छन् । कार्यक्रममा राष्ट्रिय विधामा १४ वटा र अन्तराष्ट्रिय विधामा ४ वटा गरि कुल १८ वटा विधामा अवार्ड समेत प्रदान गरेकोे थियो । देश तथा विदेशका चलचित्रहरुलाई एक आपसमा प्रतिष्पर्धा गराई कलाकारहरुलाई कला संस्कृतिका क्षेत्रमा अझै सक्रिय रहन प्रोत्साहन मिलोस भन्दै आयोजना गर्दै आईरहेको स्पाइनी ब्याब्लर इन्टरनेशनल फिल्म फेष्टिवल २०२३ को यो तेश्रो संस्करण हो, यस संस्करणको लागि नेपालका अलवा विभिन्न देशहरुवाट थुप्रै पिचर लेन्थ, सर्ट लेन्थ, डकुमेन्ट्री लगायतका चलचित्रहरुको सहभागिता रहेको थियो ।
नेपाल सरकारका यूवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष डा. हुस्नेद आजादको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का, चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदिप पराजुली, चलचित्र पत्रकार संघका अध्यक्ष समिर बलामी, चलचित्र नृत्य कलाकार संघका अध्यक्ष जनक कार्की, ट्रेड यूनियन काँग्रेसका अध्यक्ष पुस्कर आचार्य, खुम्बु पासाङ गाउँपालिकाका वडा नं १ का अध्यक्ष फुनुरु शेर्पा, चलचित्र पत्रकार शान्तिप्रिय, डब्बु क्षत्री, विजयरत्न तुलाधर, भरत बम्जन, लोक गायक कुलेन्द्र वि.क., चलचित्रकर्मी ऋषि लामीछाने, अभिनेता शितल के.सी. लागाएत चलाचित्र क्षेत्रका दिग्गजहरुले राजन खरेलको कामको खुलेरै प्रसंशा गरेका गरेका थिए भने खरेल समेत एस अवार्डले चलचित्र क्षत्रमै उर्जसिल भयर काम गर्न हौसला बढेको र अवका दिनमा झन् राम्रो काम गर्ने समेत बताउनु भयो ।
त्यसो त राजन खरेल बिगत लामो समयदेखि चलचित्र क्षेत्रमा सक्रिय हुनुहुन्छ , हालसम्म खरेलले दर्जनौ चलचित्र १०० को हाराहारीमा वृतचित्र, सर्ट फिल्म, केहि म्युजिक भिडियो लगाएतमा सिनेमाटोग्राफर भएर काम गरिसक्नु भएको उहाँले सम्पादन, निदेशक तथा निर्माता रुपमा समेत काम गर्नु भएको छ । सन् २०१९ मा उहाँले छायांकन गरेको “हाम्रो साझा हिमाल” ले त झन् “संसारकै अग्लो स्थानमा छायांकन गरिएको म्युजिक भिडियो ” मा “गिनिज बुक अफ वोर्ल्ड रेकर्ड” मा रेकर्डसम्म राख्न सफल भएको थियो तेसैगरी खरेलले फेरी सन् २०२० मा “गोक्यो रि” नामक म्युजिक भिडियो निर्माण गरि “संसारकै अग्लो स्थानमा छायांकन गरिएको म्युजिक भिडियो” मा “गिनिज बुक अफ वोर्ल्ड रेकर्ड” मा आफ्नै नाम दर्ज गरिसकेका छन् । त्यतिमात्र होईन खरेल हालसम्म थुप्रै रास्ट्रीय तथा अन्तरास्ट्रिय अवार्ड, सम्मान तथा पुरस्कार प्राप्त गर्नुका साथै दर्जनौ देशको भ्रमण गरिसकेका उनि कलिउड हव प्रोडक्सनका समेत सचालक हुन् ।