नक्कली मोरी ओएसआर डिजिटल च्यानल मार्फत सार्वजानिक
News Desk
Nov-02 तारिख 11:25 बिहान

काठमाडौं - युवा पुस्ताप्रति लक्षित रोमान्टिक गीतको म्यूजिक भिडियो ‘नक्कली मोरी’ ओएसआर डिजिटल च्यानल मार्फत सार्वजनिक भएको छ । प्रतिभाशाली गायक, कलाकार दिल ब्लोनको शब्द, संगीत र स्वर रहेको उक्त गीतको भिडियो ओएसआर डिजिटल च्यानल मार्फत सार्वजनिक गरिएको हो । गीतलाई याकुव तामाङ गरेका हुन् ।

कलाकार तथा संगीतकर्मी दिल ब्लोन एक दशक पछि गीतसंगीतको क्षेत्रमा पुनःफर्केका हुन् । क्रान्ति केसीको सम्पादन तथा निर्देशनमा रहेको उक्त भिडियोमा दिल ब्लोन, उषा उप्रेती लगायतको कलाकारहरुको अभिनिय रहेको छ । उत्सव दाहालले उक्त गीतको म्युजिक भिडियोलाई खिचेका छन्।