कृष्णको सन्देशमुलक गीत ‘मुटु रेटिन्छ’ भिडियो सार्वजनिक
News Desk
Nov-08 तारिख 06:02 बेलुका

काठमाडौं - पछिल्लो समय स्टेज कार्यक्रममा ब्यस्त रहदै आइरहेका गायक कृष्ण गैरेले देशमा चलिरहेको मिटरब्याजीका कारण गरिब जनताको कसरी उठिवास भैरहेको छ भन्ने अतिनै मर्मश्पर्शी, सन्देशमुलक गीत ‘मुटु रेटिन्छ’को भिडियो सार्वजनिक भएको छोटो समयमै १५ लाख भन्दा बढीले टिकटक बनाएर पोष्ट गरिसकेका छन् ।

मनैछुने गीतको भिडियोमा रबी गीरी, निक्स शर्मा, जुनु गुरुङ, अर्जुन भट्टराई, दिनेश भण्डारी, आशा बिश्वकर्मा, विदुर पोखरेल, शरण थामी, आशिष अधिकारी, अनिल भण्डारी, विष्णु थापा रहेका छन् । लोकप्रिय गायक कृष्ण गैरे र सुनिता बुढा क्षेत्रीको स्वर, हुम गैरेको शब्द समेटिएको गीतको लय नन्दु परियार, संगीत संयोजन विनोद बाजुरालीले गरेका हुन् । रोशन तामाङले खिचेको म्युजिक भिडियोका सम्पादक, निर्देशन हुम गैरे हुन् ।