गायक परियारको‘आँखी झ्यालैमा‘ सार्वजानिक
News Desk
Nov-08 , 2023 तारिख 06:24 बेलुका

काठमाडौं– चर्चित गायक तथा संगीतकार कन्हैया सिंह परियार करिव आठ महिनापछि आफ्नो नयाँ गीतमार्फत दर्शक तथा स्रोतामाझ आएका छन् । ‘आँखी झ्यालैमा’ बोलको यो गीतका म्युजिक भिडियो गायक सिंहको ‘कन्हैया सिंह परियार’ यूट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । यो गीतमा बिपिन आचार्यको शब्द, संगीत तथा संगीत संयोजन छ ।

अञ्जना गुरुङ तथा अपेक्षा गुरुङ निर्माता रहेको यो गीतको अडियो तथा भिडियो टिका गोपाल डिजिटल एम.क्रिएशन प्रा.लिले तयार पारेको हो । गीतको भिडियोमा बिपिन आचार्यकै कथा तथा निर्देशन छ । भिडियोमा गायक कन्हैया सिंह परियार, प्रेक्षा बानिया तथा सञ्जीव तामाङलाई फिचर गरिएको छ । विजय रुम्बा यो भिडियोका छायांकार तथा सम्पादक हुन् ।

भिडियोमा गायक परियारले अभिनय तथा नृत्यसमेत गरेका छन् । फरक गेटअपमा देखिएका गायक परियारलाई भिडियोमा अभिनय गरेको सुहाएको छ । गायक परियारले निर्देशक निर्देशक आचार्यको अनुरोधमा अलि पृथक भूमिकामा देखिएको बताएका छन् ।