चलचित्र ब्ल्याक छायाँ को गीत बुट्टे रुमाल सार्वजनिक
News Desk
Jun-18 तारिख 03:14 बेलुका

काठमाडौं – लंका फिल्म प्रालिको व्यानरमा निर्मित चलचित्र ‘ब्ल्याक छायाँ’ को बुट्टे रुमाल…. बोलको गीत ओएसआर डिजिटल मार्फत सार्वजनिक गरिएको छ । आगामी साउन ११ गतेबाट देशव्यापी प्रदर्शनमा आउने चलचित्र ‘ब्ल्याक छायाँ’ मा मायाँप्रेम र सस्पेन थ्रिर्लरलाई मनोरञ्जनात्मक ढंगले प्रस्तुत गरिएको कारण चलचित्र व्यवसायिक रुपले सफल रहने विश्वास निर्देशक आरएल लामा मुक्तानले लिएका छन् ।
सार्वजनिक बुट्टे रुमाल… गीतका शब्द डिबि खनाल, संगीत राजेन्द्र बजगाई, स्वर भुवन प्यासी र मेलिना राईको रहेको छ ।

चलचित्रमा नीर शाह, सुनील थापा, धीरेन शाक्य, सलोन बस्नेत, सुष्मा कार्की, जान्हवी वस्नेत, बुध्दि तामाङ, रुविना कार्की, सोभित वस्नेत, रविन्द्र झा, निमा दार्जे मुक्तान, आरएल लामा मुक्तान लगायतको अभिनय रहेको छ ।
चलचित्रका निर्माता रेल्लुमाया तामाङ, बिन दुरुङच्याङ मगर ‘मैना’, आर. सोनाम मुक्तान हुन । खड्ग लामा मुक्तान प्रस्तुतकर्ता रहेको ब्ल्याक छायाँमा सहनिर्मातामा सोशिका तामाङ, ‘रजनी’, श्याम बहादुर मुक्तान ‘डेबिट’ रहेका छन् ।