काठमाडौं । एभरेष्ट इभेन्टद्वारा आयोजित एन प्लस प्रोफेशनल "मिस्टर एन्ड मिस टिन सुपर मोडल ५ औं संस्करण २०२४ " को उपाधी बिप छिरिङ तामाङ र चासुम राईले जितेका छन् । तमाङले मिस्टर टिन सुपर मोडलको उपाधी जित्दा राईले मिस टिन सुपर मोडलको ताज पहिरिन सफल भईन् । जसमा मिस्टर र मिसतर्फ क्रमश प्रवेश पाण्डे र पुनम चाम्लागाईले फस्ट रनर अप तथा आदित्य कार्की र प्रिया वाइबाले सेकेन्ड रनर अप, स्वर्णिम शाह र प्रसिद्धि जोशीले थर्ड रनर अपको उपाधी हात पारे ।
त्यसैगरि प्रतियोगिता अन्तर्गत वाङ्गेल राई र युनिशा गुरुङ आयोजक छनोट, आर्यन महर्जन र शेरोन शेर्पा ब्रान्ड एम्बेसडर, कल्पना महतो व्युटी विथ ब्रेन, सन्दिप कटवाल मोस्ट पपुलर र प्रगी थापा र युमा घिमिरेले सर्वाधिक लोकप्रियको उपाधी जितेका छन् ।
मिस्टर र मिस टिन सुपर मोडलका शिर्ष उपाधी विजेताहरुले जनही नगद रु बाह्र हजार ५ सय, प्रत्येक शीर्ष ३ विजेताहरूले ब्रिटिश कलेजबाट १ लाख ६५ हजार बराबरको छात्रवृत्ति पाउने एभरेष्ट इभेन्टसका प्रमुख कृष्णकुमार श्रेष्ठ (रो बिन) ले बताए ।
साथै दुवै विजेतालाई एभरेष्ट फिल्म एकेडेमीबाट १ लाख बराबरको छात्रवृत्ति, AITM कलेजबाट सबै विजेताहरूको लागि १ लाख बराबरको छात्रवृत्ति, फ्लाईटेक इन्टरनेशनलबाट ४० हजारको नि:शुल्क एयर होस्टेस तालिम, प्रत्येक सहभागीका लागि ब्रिटिस अमेरिका एडुकेयरबाट नि:शुल्क ILTES कक्षाहरू र सबै विजेताहरूका लागि नि:शुल्क चलचित्र टिकटहरू, विजेताहरूको लागि ३ महिनाको मुए थाई / बक्सिङ पाठ्यक्रमहरू, विजेताहरूको लागि प्याडिलक्सद्वारा उपहार, विजेताहरूको लागि स्किनोलजीबाट रोमाञ्चक उपहार, विजेताहरूलाई उप्स नेपालबाट गेम जोन भौचरहरू, महिला विजेताहरूका लागि करुणाज ब्यूटी पार्लरबाट आधारभूत मेकअप कोर्सहरूको सुविधा प्राप्त गर्ने पनि उनले जनाए । शीर्ष प्रायोजक एन प्लस प्रोफेसनलबाट उपहार, आवरण स्किन केयरबाट रोमाञ्चक उपहार उपलब्ध गराईएको पनि उनले उल्लेख गरे ।
यस कार्यक्रमको मेकअप पार्टनर अरुणाज ब्युटि पार्लर, डिजाईनमा भ्यालेन्टिनो बुटीक, भेन्यु र एकेडेमी पार्टनरमा ब्रिटिश कलेज रहेका छन् । अर्शु महर्जन र सुगंधा अधिकारी कोरियोग्राफीमा सम्पन्न यस इभेन्ट कृष्ण श्रेष्ठ (रो बिन) को निर्देशनमा सम्पन्न भएको हो ।