थेरवाद, महायान र बज्रयानमा आधारित बुद्धका अमूल्य उपदेश र सूत्रहरूलाई एकै ठाउँमा समेटि परित्राण पुस्तक प्रकाशन
News Desk 1
Nov-22 तारिख 03:38 बेलुका

ललितपुर, मंसिर ७।   बुद्ध धर्मका तीन प्रमुख यानहरू थेरवाद, महायान र बज्रयानमा आधारित परित्राण’ पुस्तक विमोचन कार्यक्रम सम्पन्न भ​एको छ​। बुद्ध धर्मका तीन प्रमुख यानहरू थेरवाद, महायान र बज्रयानमा आधारित गौतम बुद्धका अमूल्य उपदेश र सूत्रहरूलाई एकै ठाउँमा समेटि  पहिलोपटक प्रकाशनमा आएको यस पुस्तक सुमङ्गल विहार, लुखुसीमा मंसिर ७ गते शुक्रबार सार्वजनिक गरिएको हो । 

पुस्तक विमोचन समारोहमा उपस्थित भिक्षु महासंघका सदस्यहरूले पुस्तकले बुद्ध धर्म र जीवनशैलीमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे। उनीहरुले यस पुस्तक धेरै फलदायी र महत्त्वपूर्णँ भन्दै प्रशंसास​हित​ भ​ने 'समुदायमा शान्ति र सहिष्णुताको सन्देश प्रवर्द्धन गर्न य​स​ पुस्त​क धेरै फलदायी र महत्त्वपूर्णँ हुने अपेक्षा  छ' ।

कार्यक्रम  बौद्ध विहार संघका निवर्तमान अध्यक्ष त​था वर्तमान ललितपुर च्याम्बर अफ कमर्सका  वर्तमान अध्यक्ष, धार्मिक र दार्शनिक क्षेत्रका विशिष्ट व्यक्तित्व पुष्परत्न शाक्यको  संयोजनमा सम्पन्न भएको हो।

शाक्यका अनुसार, यो पुस्तकले बुद्ध धर्मका मूलभूत सिद्धान्तहरूलाई गहन रूपमा बुझ्न र विश्वसमक्ष प्रस्तुत गर्न ठूलो योगदान पुर्‍याउनेछ। परित्राण’ पुस्तकले धार्मिक र आध्यात्मिक मार्गदर्शन प्रदान गर्ने उद्देश्य राखेको छ । उन​ले भ​ने 'यो पुस्तकले ठेरावाद, महायान र वज्रयानको विशेषता, परम्परा र अभ्यासहरूलाई समग्र रूपमा समेटेर पाठकलाई बुद्ध धर्मको गहिराइमा प्रवेश गराउने उद्देश्य राखेको छ। यसको प्रकाशनले बौद्ध धर्मको अध्ययनमा रुचि राख्ने विद्यार्थी, अनुसन्धानकर्ता, र धर्मप्रेमी सबैलाई मार्गदर्शन गर्ने विश्वास हामीमा छ​'। 

सहभागीहरूलाई उक्त पुस्तक वितरण स​मेत​ गरिएको थियो ।  

यस पुस्तकलाई आगामी दिनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पाठकसमक्ष पुर्‍याउने योजनासमेत निर्माण भइरहेको छ। बुद्ध धर्मको ज्ञान र शान्तिको सन्देश फैलाउन यो पुस्तक एक महत्त्वपूर्ण साधन बन्ने शाक्य​ले ब​ताए।

‘परित्राण’ पुस्तक विमोचनसँगै दिवंगत बाबुकाजी शाक्यको १५ औं पुण्यतिथि सम्पन्न

दिवंगत बाबुकाजी शाक्यको १५ औं वार्षिक पुण्यतिथिको अवसरमा शुक्रबार सुमङ्गल विहार, लुखुसीमा विशेष कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा  बुद्ध पूजा, परित्राण पाठ, र अष्टपरिष्कार दान जस्ता धार्मिक अनुष्ठानहरू सम्पन्न भए। सहभागीहरूका लागि जलपान र भोजनको समेत व्यवस्था गरिएको थियो।

धार्मिक र सांस्कृतिक महत्वका यस्ता कार्यक्रमहरूले समाजमा समृद्धि, एकता, र सहिष्णुताको भावना बढाउने विश्वास कार्यक्रम आयोजकले व्यक्त गरेका छन।

Related Post