काठमाडौंको प्रेम र रोमान्सलाई जीवन्त बनाउँदै “KTM डाउनटाउन” भिडियो
News Desk
Mar-12 तारिख 03:33 बेलुका

काठमाडौं – होली पर्वको रंगीन अवसर पारेर गायक तथा गीतकार NEPZ को पहिलो म्युजिक भिडियो “KTM डाउनटाउन” सार्वजनिक गरिएको छ। नेपाली संगीत क्षेत्रमा मौलिक गीत लेखनका लागि परिचित NEPZ को यो सिर्जना उनको सांगीतिक यात्राको महत्वपूर्ण कोसेढुंगा बन्ने अपेक्षा गरिएको छ।

भिडियोको सार्वजनिक पोस्टरमा चर्चित अभिनेत्री तथा मोडल करिश्मा श्रेष्ठ लाई प्रस्तुत गरिएको छ, जसले नेपाली चलचित्र र मोडलिङ क्षेत्रमा महत्वपूर्ण योगदान दिएकी छिन्। यस म्युजिक भिडियोलाई आधुनिक प्रविधिको प्रयोग गर्दै नेपासा स्टुडियो मा उत्कृष्ट ध्वनि संयोजनका साथ तयार गरिएको छ, जसले गीतलाई थप प्रभावशाली बनाएको छ।

भिडियोलाई निर्देशक विशाल शर्मा ले निर्देशन गरेका छन् भने निर्माण टोलीमा महेश्वर सम्बाहाम्फे (निर्माण व्यवस्थापक), दिनेश म्याङ्गो (कोरियोग्राफर), नुमा सम्बाहाम्फे (स्टाइलिस्ट), सुनील शिवभक्ति (सम्पादक), नकल सुनुवार (सिनेमाटोग्राफर), र धीरज अधिकारी (रङ संयोजक) को  रहेको छ।

काठमाडौंका जीवन्त सडकहरू, रोमान्टिक परिवेश र उत्सवमय वातावरणलाई कैद गर्दै निर्माण गरिएको यो म्युजिक भिडियो होली पर्वकै विशेष दिन १२ मार्चमा सार्वजनिक गरिएको हो। गीतले केवल NEPZ को सांगीतिक यात्रामा नयाँ मोड थप्ने मात्र होइन, काठमाडौंको सांस्कृतिक र प्रेमिल माहोललाई समेत उजागर गर्ने प्रयास गरेको छ।

धेरै पढिएको