‘म्यानेजर अफ दि इयर २०२२’ बाट एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी रोशन न्यौपाने सम्मानित
News Desk
Apr-12 , 2022 तारिख 08:15 बिहान

काठमाडौं - व्यवस्थापनकर्मीहरूको सर्वोच्च निकाय नेपाल व्यवस्थापन संघ (म्यान) ले ‘म्यानेजर अफ दि इयर २०२२’ बाट एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेलाई सम्मानित गरेको छ।नेपालको बैंकिङ व्यवस्थापन क्षेत्रमा पुर्‍याएको योगदान र नेतृत्व कुशलताको कदर गर्दै सम्मानित गरेको हो। संघले आयोजना गरेको समारोहमा न्यौपानेलाई पुरस्कार प्रदान गरिएको छ।

समारोहमा न्यौपानेले आफूले पाएको सम्मान बैंकका सहकर्मीलाई समर्पण गरेका छन्। न्यौपानेको पाँच वर्षको नेतृत्व अवधिमा बैंकको कुल कर्जा करिब ७३ अर्बबाट ४ गुणाले वृद्धि भई २७४ अर्ब रुपैयाँ पुगेको छ।निक्षेप संकलन पनि ८६ अर्बबाट करिब ४ गुणाले वृद्धि भई ३०० अर्ब रुपैयाँ पुगेको छ। साथै बैंकको प्रतिसेयर आम्दानीतर्फ करिब २ गुणाले वृद्धि भई ४१.४३ रुपैयाँ पुगेको छ।

पुससम्मको नतिजा

क्र.सं.

परिसूचक

समग्र बैंकिङ्ग क्षेत्रको औ

एन आई सी एशिया बैंक

समग्र बैंकिङ्ग क्षेत्रको औत भन्दा एन आई सी एशिया बैंकको फरक

रकममा

प्रतिशतमा

१.

कर्जा विस्तार

रू. १४३.३५ अर्ब

रू. २७३.४६ अर्ब

रू. १३०.११

९१ प्रतिशत

२.

निक्षेप संकलन

रू. १४९.०८ अर्ब

रू. २९९.३४ अर्ब

रू. १५०.२६

१०१ प्रतिशत

३.

प्रति शेयर आम्दानी

रू. १८.४४

रू. ४१.४३

रू. २२.९९ रुपैया

१२५ प्रतिशत

४.

स्व–पूँजीमा प्रतिफल (प्रतिशत)

११.३९ प्रतिशत

२१.७७ प्रतिशत

१०.३८ प्रतिशत

९१ प्रतिशत

५.

कुल ग्राहक संख्या

१२ लाख ४८ हजार

३० लाख

१७ लाख ५२ हजार

१४० प्रतिशत

६.

शाखा संख्या

१६६

३५८

१९२

११६ प्रतिशत

७.

विस्तारित काउन्टर संख्या

७०

६६

१,६५० प्रतिशत

८.

एटिएम संख्या

१३२

४७३

३४१

२५८ प्रतिशत

९.

डेबिट कार्ड प्रयोगकर्ता

३ लाख

१२ लाख ३५ हजार

९ लाख ३५ हजार

३१२ प्रतिशत

१०.

मोबाइल बैंकिङ्ग प्रयोगकर्ता

४ लाख ६१ हजार

१६ लाख ८० हजार

१२ लाख १९ हजार

२६४ प्रतिशत

११.

सञ्चालन नाफा (नोक्शानी ब्यवस्थापन अघि)

रू. २ अर्ब ३ करोड

रू. ४ अर्ब २१ करोड

रू. २ अर्ब १८ करोड

१०७ प्रतिशत

१२.

खुद नाफा

रू. १ अर्ब २२ करोड

रू. २ अर्ब ४० करोड

रू. १ अर्ब १८ करोड

९७ प्रतिशत

१३.

वितरणयोग्य नाफा

रू. ६१ करोड

रू. ८६ करोड

रू. २५ करोड

४१ प्रतिशत