गायक सुरज श्रेष्ठ र दिपिका व्याम्बुको स्वरमा ‘त्रिसुली माया’
News Desk
Sep-24 तारिख 11:57 बिहान

काठमाडौं– समकालिन लोक–दोहोरीमा लक्षणा र अभिव्यञ्जनापूर्ण शब्द लेख्न खप्पिस गीतकार प्रल्हाद सुवेदीको शब्द र संगीतमा नयाँ गीत त्रिसुली मायाको सार्वजनिक भएको छ। त्रिसुली मायाको गीतमा अर्को रमाइलो संयोग के छ भने, आधुनिक जनरामा रमाइरहेका गायक सुरज श्रेष्ठले यसमा स्वर भरेका छन्। आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लाइभ वस्दै गायक श्रेष्ठले भने, ‘मेरा लागि यो अलिक फरक जनरा हो तर यो कम्पोजिसन मीठो लागेर आवाज दिएको छु। सबैले माया गर्दिनुहोला।’ ‘डोयट’ संरचनाको यो गीतमा सुरजसँग जोडी आवाजका रुपमा दिपिका व्याम्बु मगरले स्वर भरेकीछिन्। रमेश सेञ्चुरीको एरेन्ज रहेको यो गीतको ‘भिडियो आउटपुट’ पनि गायक सुरज श्रेष्ठको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।