काठमाडौं जिल्ला शंकरापुर ३ जर्सिङपौवामा जन्मेका अधिकारि सानैदेखि जेहेन्दार विद्यार्थी हुन् । सानैदेखि तीक्ष्ण स्वभावका अधिकारी पछिल्लो समयका खरा र स्पष्ट राजनीतिक व्यक्तित्व हुन् । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह र धरान उपमहानगरपालिकाका मेयर हर्क सामपाङ राईले स्वतन्त्रको उम्मेद्वारी र जितलाई प्रमाणित गरेका बेला प्रकाश अधिकारी जस्ता व्यक्तित्व काठमाडौँ बदल्ने अभियानका अर्का प्रेरणादायी उम्मेद्वार हुने कुरामा दुईमत छैन ।
पछिल्लो समय पार्टीबाट वाक्क दिक्क भए जताततै स्वतन्त्र उम्मेदवार दिने युवाको लर्को लागेको छ । यही क्रममा काठमाडौं क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा प्रत्यक्षमा स्वतन्त्र उम्मेदवार दिएका पीएचडी स्कलर, अधिवक्ता तथा बौद्धिक व्यक्तित्व प्रकाश अधिकारी पनि एक हुन् ।
किनभने हामो समाज पार्टीको दलदलबाट बाहिर निस्केर पुस्ता हस्तान्तरणको बाटोमा अघि बढेको छ । बालेन र हर्कले गर्दा समाजमा भएका बेथिती, विसंगतिका पाटालाई विस्तारै पन्छाउँदै केही नयाँ र फरक कामलाई माथि उठाएका छन् । काठमाडौँ २ मा प्रकाश अधिकारीको अब्बल उम्मेद्वारी प्रकाश अधिकारी काठमाडौँका युवा हुन् ।
उनी काठमाडौँलाई बदल्ने अभियानमा अगाडि बढेका छन् । त्यति मात्रै होइन, काठमाडाँै बदल्ने स्पष्ट भिजन पनि उनीसँग छ । काठमाडौँलाई आधुनिक र प्रविधियुक्त अर्थतन्त्रमा अगाडि बढाएर केही फरक काम गराउने अभियानमा उनी सफल देखिन सक्छन् । उनीसँग सडक साँखुलाई कोटेश्वर जोड्ने रोडम्याप तयार छ ।
कोटेश्वरको जाम हटाउने अन्डरपास योजना पनि उनीसँग छ । त्यति मात्रै होइन, साँखु काठमाडौंको सबै भन्दा पुरानो सहर हो । साँखुले धार्मिक मान्यता त्यत्तिकै बोकेको छ । राज्यले अहिले सबै निर्णय गर्ने अधिकार स्थानीय तहलाई दिएको छ । तर यो अधिकार वडा अध्यक्षलाई नभई जनतालाई दिनु पर्छ । वडा अध्यक्षले त्यसको कार्यन्वयन मात्र गर्ने हो।
यो क्षेत्रमा पर्यटनको राम्रो सम्भावना बोकेको क्षेत्र हो । हाइकिङको लागि पनि अधिकारीको क्षेत्र त्यत्तिकै महत्वपूर्ण छ । सुन्दर बस्ती र चर्चित ऐतिहासिक धार्मिक र परम्पराको लागि बज्रयोगिनी, सालिनदी रहेका छन् । यी कुराको परिवर्तनका लागि अधिकारीको स्वतन्त्र उम्मेद्वारी अब्बलता हो । काठमाडौँका जनताले यो बुझ्न जरुरी छ ।