काठमाडौं - सहरी विकास मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठ अवकाशको मुखमा कमाउधन्दामा लागेका छन् । अवकाश हुन ४९ दिन मात्र बाँकी रहेका बेला सचिव श्रेष्ठले मन्त्रालय मातहतका विभाग र कार्यालयका प्रमुखदेखि इन्जीनीयर पोष्टिङ गर्दासमेत दररेट तोकेर कमाउधन्दालाई तीव्रता दिएका हुन्
शहरी विकास मन्त्रालय अन्तर्गत काठमाण्डौ उपत्यका विकास प्राधिकरण जिल्ला आयुक्त काठमाण्डौ को आयुक्त जगदिश लामीछाने को कार्य प्रति कर्मचारी असन्तुष्ट भई पटक पटक सहरी मन्त्री र सचिव लाई जानकारी गराउदा पनी जिल्ला आयुक्तलाई काज फिर्ता नगरेकोले २४ घण्टा भित्र काज फिर्ता गर्न सहरी विकास मन्त्रीलाई गर्न अनुरोध गर्दछु। सो आयुक्तले कर्मचारीलाई अनावश्यक दुःख दिने , धमकीं दिने , मेरो पावर छ भनेर कर्मचारीको मनोबल घिराऊने, मलाई कसैले केही गर्ने सकदैन भनेर फुर्ती लगाऊने गर्ने गरेको छ
उनले दररेट तोकेरै घुस असुल्न मन्त्रालयका शाखा अधिकृत डिल्ली श्रेष्ठ र रमाकान्त अर्याललाई परिचालन गरेका छन् । २०८० असोज ११ मा अवकाश हुन लागेका उनले मन्त्रालय मातहतका विभाग र कार्यालयका प्रमुखदेखि इन्जीनीयरसँग समेत असुली आतंक मच्चाइरहेका छन् ।