काठमाण्डौ - हामी धराने, काठमाण्डौको आयोजनामा हरितालिका तीज २०८१ शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ। सुनसरीको धरान घर भई अहिले काठमाडौ उपत्यकामा बस्दै आएकाहरुले हिजो विशेष कार्यक्रम गरी तिज पर्व मनाएका छन् । काठमाडौंको भिमसेनगोलामा रहेको आनन्द इभेन्ट्स एण्ड मिटिङमा आयोजित शुभकामना आदानप्रदान तथा तिज कार्यक्रममा उल्लेखनीय रुपमा मानिसको उपस्थिति रहेको आयोजक ईशा अधिकारीले बताइन् ।
‘हामी धराने, काठमाडौं’ को आयोजनामा भएको दर खाने कार्यक्रममा केही व्यक्तिलाई सम्मान पनि गरिएको थियो । ‘धरान घर भएर काठमाडौं र आसपासमा बस्दै आएका मानिससँग भेटघाट गर्ने र आपसी अन्तरक्रिया गर्ने माध्यमको रुपमा यो कार्यक्रमलाई लिएका छौं’ अधिकारीले भनिन् ।नारायणदेवी श्रेष्ठको प्रमुख आतिथ्यतामा, राजेन्द्र श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा कार्यक्रम संयोजक शशि शर्मा पौडेल रहेका थिए । कार्यक्रममा डा। छत्र अमात्य, डा। बालकुमारी शर्मा, सीता शर्मा, सविता श्रेष्ठ बेहोसी, स्वेच्छा नेम्वाङ, मथुरा श्रेष्ठ, रमणा श्रेष्ठ, प्राश्ना शाक्यलगायतलाई सम्मान गरिएको थियो ।
बिनोद श्रेष्ठ तखाछेंले कार्यक्रम संचालन गरेका थिए भने तखाछेंले हाल विश्वमा आर्थिक मन्दीको कालो बादलले जताततै असर गरेको, र यसबाट धरान पनि अछुतो नरहेको हामी सबैलाई विदितै छ । हाल केही महिनादेखि धरानका प्रायःजसो पसलहरुमा बोनी समेत नभएको अवस्थाबारे केही व्यापारी साथीहरूबाट जानकारी प्राप्त भएको हुदा, धरानको व्यापार व्यवसायलाई केही हदसम्म भएपनि हाम्रो तर्फबाट केही टेवा पुर्याउन सकिन्छकि भनेर कार्यक्रममा उपस्थित सबै सहभागीहरूलाई यसपालि दशै मनाउन धरान घर जानेहरुलाई दशैको किनमेल धरान मै गरिदिनु हुन सबैमा अनुरोध समेत गरेका थिए।
- राजन खरेल