काठमाण्डौ – हामी धराने, काठमाण्डौले शनिबार एक समारोहको आयोजना गरि नववर्ष २०८२ को सुभकामना आदान प्रदानको साथै चियापान तथा सम्मान कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ, उक्त्त समारोहमा संस्थाले धरानका अग्रज महिला समाजसेवी सरला कायस्थज्युलाई सम्मान समेत गरेको थियो ।
२०८० मा स्थापित संस्था हामी धराने, काठमाण्डौले धरानवासी तथा काठमाण्डौ लगाएतमा बसोबास गर्दै आएका र धारानसंग प्रत्यक्ष तथा परोक्ष रुपमा संम्बन्ध भएका धरानेहरुलाई एकीकृत गर्दै समग्र रुपमा धरान र धरानबासीको हक हित र सशक्तिकरनका लागि आवाज उठाउदै आएको संस्थाले नववर्ष २०८२ को अवसरमा सुभकामना आदान प्रदानको साथै चियापान तथा सम्मान कार्यक्रम गरेको हो, कार्यक्रममा प्रमुख अतिथि, विशेष अतिथिहरु, अतिथि लगायत ई. दिपक श्रेष्ठ तथा सुबास ढकालले मन्तव्य राख्नु भएको थियो ।
राजेन्द्र श्रेष्ठ बनेपालीको सभापति तथा डा. छत्र अमात्यको प्रमुख अतिथि रहेको कार्यक्रममा विशेष अतिथिहरुमा मीनबहादुर विश्वकर्मा (पूर्व वाणिज्य मन्त्री) अशोककुमार राई (प्रतिनिधि सभा सदस्य, सुनसरी –१)
त्यस्तै अतिथिमा युवा समाजसेवी तथा धरान एकता समाजका संरक्षक संदिप श्रेष्ठ लगाएत काठमाण्डौ तथा धरान बसोबास गर्ने लब्ध प्रतिष्ठित ब्यतित्वहरुको बाक्लो उपस्थिति रहेको थियो भने कार्यक्रम संयोजक शशी शर्मा पौडेलले अतिथिहरुलाई स्वागत मन्तव्यद्वारा स्वागत गर्नुभयो भने हामी धराने,काठमाण्डौका सचिव बिनोद श्रेष्ठ तखाछेंले कार्यक्रममा संचालन गर्नुभएको थियोे।
वाक्ताहरुले नयाँ वर्षको शुभकामनाको साथसाथै धरानको प्रमुख समस्या खानेपानी लगाएतको बिषयमा समेत सम्बन्धित पक्षलाई ध्यानाकर्षण गरेका छन्, त्यस्तै संस्थाले खानेपानी समस्याको सन्दर्भमा धरानका मेयर हर्क साम्पाङ्ग ज्युले सम्माननीय प्रधानमन्त्री के.पि शर्मा वलिसंग गरेको साक्षात्कारमा हामी धराने , काठमाण्डौले एस्तो अपिल गरेको छ ः
हार्दिक अपिल – हामी धराने , काठमाडौं
सन्दर्भः विकास र विवेचना
“नेपालको पूर्वीय भु–भागमा अबस्थित एक सुन्दरनगरमा रहेको धरान हो। जुन आफैमा धार्मिक, सामाजिक र भौगोलिक रुपमा बिशिष्ट पहिचान बनाएर बसेको छ। तथापि राज्यको तर्फबाट नागरिकले पाउनु पर्ने न्युनतम सुविधामा पनि बन्चित शहर हो। अहिले बिगत केही समयदेखि नागरिकले पिउने पानी नपाएर तड्पिनु पर्ने शहरको नामले परिचय बनाएको छ भन्नू मा अन्यथा नहोला । संसारको सभ्य नागरिकको बसोबास भएको सहर भनेर चिनिएता पनि शैक्षिक दृष्टिकोणले अन्यत्र पढाई नहुदाँ पनि पढाई हुने क्याम्पस बा राणाकालिन समय देखिन नै शैक्षिक केन्द्रको बिकासमा महत्त्व पाए तापनि आजको २१ औं शताब्दिमा बदलिँदो परिस्थितिमा पनि काकाकुल शहरको नामले धरानको परिचय दिदाँ कसलाई के लाग्छ ? थाहा छैन, तर यथार्थमा यही हो। केही दिन अघि मात्र धरानका मेयर हर्क साम्पाङ्ग ज्युले सम्माननीय प्रधानमन्त्री के.पि शर्मा वलिसंग गरेको साक्षात्कारमा धरानको खानेपानी समस्याको सन्दर्भमा आगामी राष्ट्रिय बजेटमा बजेट विनियोजन गरिने सन्दर्भमा दिइएको आश्वासन बिगतको जस्तो नियति नरहोस् । नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकारसगै काठमाण्डौ आएर बसोबास गर्ने सबै धराने बुबाआमा, दाजुभाइ, दिदीबहिनी तथा हामी घराने, काठमाण्डौ “।
- राजन खरेल (द लाइफ स्टाईल नेपाल )