उद्योग–फ्यासन विकास केन्द्रित संस्करण नेपालको फ्यासन क्षेत्रमा नयाँ आयाम थप्दै, ग्ल्यामर रनवे मोडेल्स २०२५ को ग्राण्ड फिनाले भव्य रुपमा दि प्लाजामा सम्पन्न भयो। कार्यक्रममा प्रमुख अतिथि पूर्व उपराष्ट्रपति नन्द बहादुर पुन र विशेष अतिथि चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डी.सी. उपस्थित रहेका थिए।
साथै, आनन्द कार्की, प्रमोद अग्रहरी, मुस्कान ढकाल, बिमल अधिकारी, डा. नविन शाह, विनोद ढकाल लगायत चर्चित व्यक्तित्वहरूको सहभागिताले कार्यक्रमलाई थप आकर्षक बनायो । प्रतियोगिताबाट महिला विजेता कञ्चन नेपाली, प्रथम रनरअप रितु तामाङ, द्वितीय रनरअप मानसी केसी, आयोजकको रोजाइ हिरा आचार्य, पुरुष विजेता विबेक पौडेल, र दर्शकको रोजाइ आर्य भट्टराई घोषित भए।
यस भव्य आयोजनाले नेपालका युवाहरुलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने फ्यासन प्लेटफर्मको महत्वलाई थप मजबुत बनाएको आयोजकले बताएका छन्।