आज देशभर लकडाउनको एक वर्ष पूरा : फेरि संक्रमण फैलँदै
फेरि संक्रमण फैलँदै
News Desk
Mar-24 , 2021 तारिख 11:01 बिहान

काठमाडौं । विश्वव्यापी महामारीले फैलिएको कोरोना भाइरसका कारण त्यसको असरले हाम्रो देश नेपालमा लकडाउनको घोषणा भएको आजकै दिन (चैत ११ गते) एक वर्ष पूरा भएको छ । गत वर्ष आजकै दिन सरकारले कोरोना महामारी रोक्न भन्दै  कडा लकडाउन गर्यो । सुरुमा एक हप्ताका लागि जारी गरिएको लकडाउन, महिनौँसम्म लम्बिँदा मुकुकको अर्थतन्त्र नै तहसनहस भयो ।साथै, आम नागरीकका रोजीरोटी तथा जागीर पनि गुम्यो । पहिलो चरणको कडा खालको लकडाउन साउन ६ गतेसम्म लागू भएको भए पनि त्यसपछिका समयमा पनि देशव्यापी र आंशिक रुपमा गरी ६ महिनाभन्दा लामो समयसम्म विभिन्न खाले प्रतिबन्धहरु कायमै राखिएको थियो ।  नागरिकलाई सुरुमा निकै त्रास थियो । विश्वमा यो महामारीको त्रासको ठूला डर लाग्दो गरी प्रचार गरिएको थियो । पछिल्लो समय फेरि छिमेकी मुलुक भारतमा दिन प्रतिदिन कोरोना संक्रमण बढ्दै गएसँगै नेपालमा पनि फैलँदै जान थालेपछि नागरीकहरुमा त्रास बढ्दै गएको छ । सरकारले हालै कोरोनाको जोखिम बढेको भन्दै सबैमा सतर्कता अपनाउन आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सभा, जुलुश भेला नगर्न र जनस्वास्थ्यका मापदण्ड अपनाउन भन्दै विज्ञप्ति जारी गरेका छन् । दिन प्रतिदिन कोरोनाका संक्रमितहरु बढ्दै गएकोले अब फेरि नेपालमा पनि दोस्रो लहरको त्रास बढ्दै गएको हो । देशमा राजनीतिक अवस्था बिग्रिएसँगै सभा सम्मेलन जलुश आदि निस्किने क्रम जारी नै छ ।